प्रधानमन्त्री बोरिस जोनसनको पार्टीलाई स्पष्ट बहुमत | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

प्रधानमन्त्री बोरिस जोनसनको पार्टीलाई स्पष्ट बहुमत

Brexit beckons

एजेन्सी , २७ मंसिर । बेलायतमा बिहिबार सम्पन्न आमनिर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।  ६ सय ५० स्थानका लागि भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले ३ सय स्थानमा जित हात पारेर स्पष्ट बहुमत ल्याएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका अनौपचारिक प्रारम्भिक मत सर्वेक्षण अनुसार कन्जर्भेटिभ पार्टीले ३ सय ६८ स्थानमा जित्ने देखाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा कन्जर्भेटिभ पार्टीले ३ सय १८ स्थान जितेको थियो ।

बेलायतमा पाँच वर्ष नपुगी तेस्रो पटक भएको अम निर्वाचनको परिणाम शुक्रवारसम्म आइसक्ने जनाईएको छ । यूरोपेली युनियन ईयूबाट वेलायत बाहिरिने विषय यो निर्वाचनको प्रमुख मुद्दा बनेको छ ।

प्रक्षेपणले लेबर पार्टीले १सय ९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);