राष्ट्रिय एकता बलियो बनाउन नयाँ शक्तिको आवश्यकताः भट्टराई | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

सप्तरी, २९ भदौ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मधेशको मुद्दा हल गर्न राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन गरिनुपर्ने बताएका छन् ।

असोज २ गते २ नम्बर प्रदेशमा हुने निर्वाचनको प्रचारप्रसारका लागि सप्तरी पुगेका नेता भट्टराईले मधेसको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेन्डालाई पनि सँगसँगै लैजानुपर्ने बताए ।

नयाँ शक्ति पार्टीले तराई/मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड र तराई/मधेसलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको नेता भट्टराईको भनाइ छ । नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने सम्भावना रहेको भन्दै उनले राष्ट्रिय एकता बलियो बनाउने नयाँ शक्ति नेपालको आवश्यकताका बारे प्रष्ट पारेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);