'संसदीय समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि छलफल भएन' | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

‘संसदीय समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि छलफल भएन’

prakritik srot

काठमाडौं, २३ मंसिर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुले बताएका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन् ।

समितिका सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेश बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताउनुभयो । त्यसैले अब नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

समितिको आन्तरिक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरुले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउनुपर्ने बताए । त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);