काठमाडौं, २३ मंसिर । नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अपराजित रहँदै १३ औं सागमा गोल्ड मेडल जित्ने बताउनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेपछि प्रशिक्षक महर्जनले भुटानलाई हराएर अपराजित रहेर स्वर्ण जित्ने बताउनुभएको हो ।
बलियो टिम बंगलादेशविरुद्ध खेलको ११ औं मिनेटमा नेपालका सुनिल बलले निर्णायक गोल गरेका थिए । सुनिलको निर्णायक गोलसँगै नेपाल सागमा लगातार तेस्रो पटक फाइनल प्रवेश गर्यो । समग्रमा नेपाल छैटौं पटक फाइनलमा पुगेको हो । अब नेपालले स्वर्ण पदकको लागि मंंगलबार भुटानको सामना गर्नेछ ।