विज्ञान र प्रविधि उत्पादनको शक्ति : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विज्ञान र प्रविधि उत्पादनको शक्ति : शिक्षामन्त्री

girirajman pokhrel

काठमाडौं, २२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं क्रीतिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलान्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा केही गर्न सकिदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने समेत बताउनुभयो ।

भवन शिलान्यास भएपछि बैज्ञानिकहरुले विश्व विद्यालयसँग भएका सबै उपकरणहरु प्रयोगमा आउने बताएका छन् । बैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माण पछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनिकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सिकने बैज्ञानिक रेग्मीले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);