प्रविधिमा लगानी नबढाउँदा बैंकप्रतिको विश्वास घट्यो : राजेशकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

प्रविधिमा लगानी नबढाउँदा बैंकप्रतिको विश्वास घट्यो : राजेशकाजी श्रेष्ठ

काठमाडौं, २० मंसिर । उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकिकृत कारोबारको सुभारम्भका अवसरमा यस्तो बताउनुभएको हो ।

उहाँले बैंकहरुले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताउनुभयो ।

उहाँले बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताउनुुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घट्ने तर उद्योगी व्यवसायीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको बताउनुभयो ।

त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भिर नभएको गुनासो गुर्नभयो । उहाँले कर्जा लिंदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताउनुभयो ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुको आग्रह थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);