‘सर्वोच्चको न्यायाधीश नियुक्ति ‘भाँडियो’ ’ | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

‘सर्वोच्चको न्यायाधीश नियुक्ति ‘भाँडियो’ ’

sarbochha adalat

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ। न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेपछि बैठक भाँडिएको हो।

परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्नका लागि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए। त्यस लगत्तै नेपाल बारको अनौपचारिक बैठकले गम्भीर ध्यानाकर्षण भएको बताउँदै कडा आपत्ति जनाएको थियो ।

परिषद् स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउनका निम्ति परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा पदाधिकारीबीच राय नमिलेपछि सिफारिस प्रक्रिया अवरुद्ध बनेको हो। अर्को बैठक बस्ने विषयमा कुनै टुंगो लागेको छैन। वैदिकका विषयमा निर्णय हुन नसकेपछि एक जिल्ला न्यायाधीशको सरुवा गर्दै बैठक सकिएको छ।