काठमाडौं, १७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्ष भित्र नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डमा पु-याउने दावी गर्नु भएको छ।
चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
मन्त्री भट्टराईले चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढङ्गले विकास र विस्तार गर्ने गुरुयोजनाको समर्थन गर्दै यसका लागि जग्गा अधिग्रहण गर्दा कसैले पनि विवाद निकाल्न नहुने धारणा राख्नुभयो ।
पर्यटन वर्षलाई लक्षित गर्दै उहाँले २०२०बाट शुरु हुने भ्रमणवर्ष २०३० सम्म निरन्तर रहने र देशभरका सबै बिभानस्थालको स्तरोन्नती गरिने बताउनु भयो । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले विमानस्थलका लागि १०० बिघा जग्गा थप्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।




