कञ्चनपुर, १७ मंसिर । कञ्चनपुरको पुनर्वास स्थित आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा गए राती बम विस्फोट भएको छ ।
रातको समयमा भएको विस्फोटको ठूलो आवाजले स्थानीय केही समय त्रसित बनेका थिए । विस्फोटले कार्यालयमा सामान्य क्षति बाहेक कुनै भौतिक तथा मानवीय क्षति भएको छैन । प्रहरीका अनुसार घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी, थारुवान जनपरिषद समिति कञ्चनपुरको पर्चा भेटिएको छ ।