आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान सुरु

upanirbachan matadan

काठमाडौं, १४ मंसिर । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अन्य वडा अध्यक्षका लागि आज उपनिर्वाचन सुरु भएको छ ।

पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको निधनसँगै रिक्त रहेको सो क्षेत्रमा आज उपनिर्वाचन भएको हो । त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि रिक्त प्रदेश सभा क्षेत्रमा पनि आज निर्वाचन भइरहेको छ ।

भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।

त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन भइरहेको छ ।

आज भइरहेको उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्न सक्नेछन् । जसमा महिला २ लाख ३३ हजार ४ सय २, पुरुष २ लाख २० हजार ७ सय १० र अन्य २ जना छन् ।

अहिले उवनिर्वाचन भइरहेका स्थानहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान वेलुका ५ बजेसम्म जारी रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);