काठमाडौं, १३ मंसिर । आठ केजी सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आठ केजी सुनसहित उनीहरु पक्राउ परेका हुन् ।
हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र अर्का एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।