एजेन्सी, १२ मंसिर । चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न आफु सफल भएको दाबी गरेको छ । कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा ४ प्रतिशतले कटौति गर्न गरेर आफले लक्ष्य पूरा गरेको चीनले दाबी गरेको हो ।
चिनीयाँ वातावरण उपमन्त्री चाउ यिङ् मिनले सन् २०१८ देखि कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताए । २०१८ का लागि ० दशमलव १ प्रतिशत कार्बन उत्सर्जन कटौति गर्ने लक्ष्य तय गरेको उनको भनाई थियो ।
भविष्यमा हरितगृह ग्याँस निष्कासनलाई नियन्त्रण गर्दै जाने भन्दै वातावरण उपमन्त्री मिनले हरितगृह ग्यास उत्सर्जनलाई कटौती गर्दै यस वर्ष संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्ने गरी काम गरिरहेको जिकिर गरे । तथ्यांकमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ ।