गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

Airport-gautam-buddha-bhairawa

काठमाडौं, ११ मंसिर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो ।

मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);