त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयको निर्देशनपछि विमानस्थलमा राखिने गरेको छुट्टै लाइन हटाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि छुट्टै डेस्क रहँदै आएको थियो ।

चौतर्फी दबाबपछि उक्त डेस्क हटाइएको थियो । डेस्क हटाइए पनि अध्यागमन चेकका लागि श्रमिकहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको लागि छुट्टै लाइनको व्यवस्था गरेर उनीहरूको आत्मसम्मानमा चोट पुग्ने काम भएको बताउनुभयो । त्यही आधारमा त्यो लाइन हटाउनको लागि श्रम मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रको जवाफमा गृह मन्त्रालयले विभेद नगरी सहज रूपमा श्रमिकलाई पठाउन निर्देशन दिएको थियो ।

सोही आधारमा अध्यागमन चेकजाँचका लागि राखिएको छुट्टा छुट्टै लाइन हटाइएको उहाँको भनाइ छ । छुट्टै लाइनको व्यवस्था गरिएपछि श्रमिकहरूको आत्म सम्मानमा ठेस पुगेको टिप्पणी हुने गरेको थियो । विदेश यात्रामा जाने, अध्ययन बिदामा जाने, डिम्लोमेटिक भ्रमणमा जानेहरूलाई छुट्टै लाइनमा राखेर चेकअप गरिँदै आएको थियो ।

छुट्टै लाइनको व्यवस्था गरेर अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेको श्रमिकहरुको गुनासो थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);