नाथमले दियो ट्याक्सी चालकलाई यात्रु मैत्री व्यवहार तालिम | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नाथमले दियो ट्याक्सी चालकलाई यात्रु मैत्री व्यवहार तालिम

paryatan

काठमाडौं, ९ मंसिर । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।

सोमबार राजधानीमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताउनु भयो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उहाँको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);