काठमाडौं, ८ मंसिर । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधिका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज आईसिएमएस र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।
कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।
डाक्टर तुलाधरले कलेजले विद्यावारिधि पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधि गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्यायन गराउदै आएको छ ।