यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त

bagmati

काठमाडौं, ८ मंसिर । ‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।

फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै नगर्ने जनचेतना र परिपाटीको विकास नभएसम्म बागमती सफा हुन नसक्ने अनुभवी बताउँछन् । कलकल पानीमा पौडी खेल्ने राजधानीवासीको सपना साकार हुन बागमतीमा फालिएको फोहोर सफा गरेर होइन, फोहोरै नगरेर सम्भव हुने अभियान्ताको मत छ ।

जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइ झनै जटिल हुँदै गएको छ । “सफाइ अभियान सुरु भएदेखियता कुपण्डोलको थापाथली पुल क्षेत्रमा जति पटक सफाइ गर्न जाँदा पनि फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोराहरू भेटिन्छन्,” पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले आफ्नो अनुभव सुनाउँदै भने, “यो क्षेत्रमा १० पटकभन्दा बढी सफाइ भइसक्यो तर फोहोरको पोका र बोरा भेटिने क्रम रोकिएको छैन ।” यो समाचार आजको राजधानी दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);