टी १० लिग क्रिकेटमा पारस र सन्दीप टोली एक आपसमा भिड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

टी १० लिग क्रिकेटमा पारस र सन्दीप टोली एक आपसमा भिड्ने

काठमाडौं, ६ मंसिर । संयुक्त अरब इमिरेट्स युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टोली एक आपसमा भिड्ने भएका छन् । पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि शुरुहुने छ ।

जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाएका छन् । पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् भने लेग स्पिनर सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए ।

तेस्रो खेलमा भने सन्दीप टी १० कै सबैभन्दा महँगो बलर बने । उक्त खेलमा विकेट विहिन सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए । पारसले पहिलो खेलमा १ रन तथा दोस्रो खेलमा ३ रनमा नट आउट रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);