चर्चित ‘डन’हरू को के गर्दैछन् ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

चर्चित ‘डन’हरू को के गर्दैछन् ?

bishwa-raj

काठमाडौं, ६ मंसिर । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।

केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् । ‘अहिलेको सरकारले कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता र समानता राख्न तथा पद प्रतिष्ठा र सम्बन्ध, शक्ति र सम्पन्नता नहेरी काम गर्ने वातावरण सिर्जना गरिदिएको छ, त्यो नै सबै प्रकारको गुन्डागर्दी, तस्करी र कालोबजारीविरुद्धको सफलताको मूल आधार हो,’ प्रहरी प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

तत्कालीन एमाले धादिङका उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा २१ साउन २०७१ मा मारिएपछि गुन्डा नाइकेहरू राजनीतिक संरक्षणमा रुमल्लिन थालेको प्रहरीका पूर्वअधिकारी बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);