बिहीबारदेखि एयर ट्राफिक कन्ट्रोलरको सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

बिहीबारदेखि एयर ट्राफिक कन्ट्रोलरको सम्मेलन

काठमाडौं, ४ मंसिर । एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६औं एसिया प्यासिफिक रिजनल सम्मेलन भोली बिहीबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ ।

नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी जानकारी गराएको हो ।

इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलन उड्डयन पेशेवर र एयर ट्राफिक कन्ट्रोलरहरुको लागि अन्तरक्रिया गर्न उपयुक्त हुने बताइएको छ । नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सम्मेलनमा मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरुका विषयमा ट्राफिक कन्ट्रोलरहरुले आफ्ना चासोहरुमाथि छलफल गर्ने बताउनुभयो ।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुने छ । सम्मेलन ३ दिन सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);