संचार सचिव दीपक सुवेदीद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

संचार सचिव दीपक सुवेदीद्वारा पदभार ग्रहण

काठमाडौं, ४ असोज । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हाल्नु भएको छ । प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आउनु भएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

त्यस अवसरमा उहाँले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि गर्नु भयो ।

‘मन्त्रालयको काम कार्वाहीलाई प्रभावकारी बनाउन म यहाँहरुको सहयोगको अपेक्षा गर्दछु, सचिव सुवेदीले भन्नु भयो,‘मेरा लागि यो विल्कुलै नयाँ क्षेत्र हो, यहाँहरुको सल्लाह, सुझाव र सहयोग मेरा लागि उपयोगी हुनेछ ।’ सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्ना लागि सबै गुरु भएको पनि बताउनु भयो ।

सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा संचार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गर्नु भएको थियो । यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हाल्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);