संसदीय समिति बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

संसदीय समिति बैठक स्थगित

simhadarbar

काठमाडौं, ४ मंसिर । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित हुनु भएन । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरियो ।

अहिले मन्त्री पदबाट हट्नेहरुको सूचीमा लालबाबुको पनि नाम रहेको चर्चा छ । यसैगरी मन्त्री बन्ने भनेर चर्चामा रहेका पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’लगायत पनि बैठकमा अनुपस्थित रहनु भएको थियो ।

बैठकमा सहभागी हुन कृष्णगोपाल श्रेष्ठ, झपट रावल, मीना पाण्डेलगायत सिंहदरबार जानुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);