एजेन्सी, ४ मंसिर । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी १५ जनाको मृत्यु भएको भने अन्य ९ जना घाइते भएका छन् । खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको हो ।
विस्फोट हुने समयमा ३५ जना कामदारहरु खानीमा कार्यरत थिए । जसमध्ये १५ जनाको मृत्यु भएको, ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको र अन्य ११ जनाको सकुशल उद्धार गरिएको संचारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको र घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।