२ हजार ३ सय ३० जना बालबालिका हराए, सरकार पूरै बेखवर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

२ हजार ३ सय ३० जना बालबालिका हराए, सरकार पूरै बेखवर

काठमाडौं, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढ्दै गएको जानकारी दिनु भएको हो ।

उहाँले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पार्नु भयो ।

‘नेपालमा हाल २ हजार ३३० जना बालबालिका हराईरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैर सरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ ।

आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);