सिमा विवादबारे सरकारलाई सुझाव र दवाव दिने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सिमा विवादबारे सरकारलाई सुझाव र दवाव दिने क्रम जारी

pm oli

काठमाडौं, ३ मंसिर । भारतले आफ्नो नक्सामा नेपाली भुमी पनि समावेश गरेपछि नेपालको भुमि फिर्ता गर्न जनस्तरबाट सरकारलाई दवाव दिने र ध्यानाकर्षण गराउने काम भइरहेको छ ।

दवावकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमिमा रहेका भारतीय फौज हटाउने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीको प्रतिवद्धतापछि नेपाली भूमिबाट भारतीय फौज हट्नेमा विद्यार्थी नेताहरु आशावादी देखिएका छन् ।

भारतसंगको सिमा विवादको समस्यालाई समाधान गर्न अहिले दशैभर प्रदर्शनहरु भईरहेका छन् । वर्षैदेखिको यो समस्याको दिर्घकालीन समाधानका लागी के गर्ने भनेर सरकारलाई दवाव र ध्यानाकर्षणका साथै सुझावहरु पनि आईरहेको छ ।

कतिपयले वार्ता र कुटनीतिक पहलबाट समस्या समाधान गर्न जोड दिएका छन् भने कतिपयले नेपालले पनि भारतले अतिक्रमण गरेका आफ्ना भुमि समावेश गरेर नयाँ नक्शा बनाउन सुझाव दिईरहेका छन् ।

यसरी सरकारलाई सुझाव र दवाव दिने क्रम बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमीत नेपाली भुमीमा रहेका भारतीय फौज हटाउन भारत निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीको भनाईका सन्दर्भमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीसंघले प्रधानमन्त्रीले बोले अनुुसार काम नगरेको आरोप लगाएको छ।

यता सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्वीयुले भने प्रधानमन्त्रीले अतिक्रमीत नेपाली भुमीबाट भारतीय फौज हटाउन भारतलाई निर्देशन गर्नु सकारात्मक भएको बताएको छ । साथै सिमा विवादको समस्या दिर्घकालीन रुपमा समाधान गर्ने जस्तो राष्ट्रियताको विषयमा सबै एकजुट हुनु पर्ने अनेरास्ववीयुको धारणा छ ।

दुई मुलुक विचको सीमा विवाद आफैँमा गम्भीर र संवेदनशील विषय हो । त्यसैले यसको समाधानका लागी केहि समय त लाग्छ नै । तथापी, वार्ताको माध्यमबाट सीमा समस्या समाधानको लागि सडकबाटै भएपनि विद्यार्थी र सरोकारवाला सबैले दवाव दिन छोड्न नहुने देखिन्छ ।

भारतसंगको सिमा विवादको समस्या धेरै पहिले देखिको भएकोले यसलाई समाधान गर्नु नेपालको लागी अवसर र चुनौती दुवै भएको सरोकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);