मिर्गौला पीडितद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

मिर्गौला पीडितद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन

mrigaula pidit

काठमाडौं, २ मंसिर । मृगौला पिडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सम्पूर्ण सहयोग यथावत् उपलब्ध राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेका छन् ।

मृगौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न मागराख्दै आन्दोलन गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसंग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मृगौला पिडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिए ।

प्रधानमन्त्री ओलीले राज्यको ढुकुटीबाट निजी अस्पतालमा उपचार गराएको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको उनीहरुको आक्रोस थियो ।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।

प्रधानमन्त्रीसंग भेट गर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघर मण्डलासम्म आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);