साइत जुराएर बेंसी झारिन्छ गोठ | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

साइत जुराएर बेंसी झारिन्छ गोठ

gotha

काठमाडौं, २ मंसिर । लेकका गोठमै दिन बिताउँदा महिनौंसम्म फुर्सद नपाएकाहरू यतिखेर परिवारसँग रमाएका छन् । चौंरीका बथान लिएर बेंसी झरेकाहरू फर्किएकाले गाउँमा छुट्टै रौनक छ । लेकका गोठ कात्तिक २० को शुभ साइतमा गाउँ झारिएको हो । धार्चे गाउँपालिका–७ खानीगाउँ बस्ती आसपासका क्षेत्र यतिखेर गोठले भरिएका छन् ।

गोठमा बस्नेले गाउँ झरेपछि आफन्तलाई दूध, घिउ, दही बाँडेका छन् । गाउँ रहेकाले रक्सी, भटमास र कोदोका परिकार बनाएर गोठमा बस्ने आफन्त र छिमेकीलाई दिएका छन् । ‘यो बेलाको खुसी यसैमा छ, मज्जाले परिवारसँग बसेर गफिन पनि पाइने, साथीभाइसँग रमाउन पनि,’ स्थानीय जितबहादुर गुरुङले भने, ‘वर्षाभरि एक्लाएक्लै चौंरीका बथान हाँकेकाले खुसी हुन पाएका छौं ।’

६ महिना लेक, ६ महिना बेंसी । धार्चेमा गोठकै दुनियाँमा रमाउनेको जमात ठूलै छ । लाप्राकका ८२ वर्षीय जितराज गरुङले ६ दशक गोठमै बिताए । नम्बे खर्कबाट बस्तुको बगाल लिएर उनी लाप्राक झरेका छन् । ‘उहिलेको थिति छाड्न सकिएन,’ उनी भन्छन्, ‘६० वर्ष भयो गाई, बाख्रा, भेडा चराएर हिँडेको । वर्षमा एक दुई फेर गाउँ झर्न पाउँदा खुसी लाग्छ ।’ लेकका खर्कमा हिउँ परेर जाडो बढ्न थालेपछि गोठ बेंसी झारिएको उनले बताए । ‘बल हुने एक दिनमा खर्क पुग्छन् । बुढेसकाल लाग्यो, बल सकियो,’ उनले भने, ‘तीन दिन लगाएर गाईबाख्रा झारेको छु ।’ नम्बेका मात्र ३० गोठ बेंसी झरेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);