काठमाडौं, १ मंसिर । एडभान्स कलेज अफ इन्जिनियरिङले रोबोटिक्स पढिरहेका उत्कृष्ट हुने विद्यार्थीको समूहलाई भारतको मुम्बईमा आयोजना हुने टेक फेस्ट २०२० को ग्रायण्ड फीनालेमा सहभागी गराउने भएको छ ।
एडभान्स कलेज अफ इन्जिनियरिङले आइतबार ललितपुरमा टेक्नोरीअन नेपाल नामक कार्यक्रमको आयोजना गरेको छ । नेपालमा पहिलो पटक भएको यो कार्यक्रम दुई दिनसम्म चल्ने छ । कज्मोक्लेन र मेस्मराइजर नामक २ कार्यक्रममा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराई बिजयी हुनेलाई भारतको मुम्बई लैजाने आयोजकले जानकारी दिएको छ ।
कज्मोक्लेल, मेस्मराइजर, गु्रप डिस्कसन, ओर्कसप, जस्ता बिधाहरु यस कार्यक्रमको मुख्य आर्कषण रहेको छ । टेक्नोरीअन नेपाल कार्यक्रम आयोजना गर्नुको मुख्य कारण रोबोटिक्स पढिरहेका र रोबोटिक्स बिषयमा चासो रहेका विद्यार्थीहरुको मनोबल बढाउन र रोबोटिक्स बिषयको सिप सिकाएर उनिहरुलाई त्यस बिधामा अझ अब्बल बनाउनु रहेको छ ।