अनुशासनहीन काम गरेको भन्दै विमल घर्तीमगर सहित ४ खेलाडी निलम्बन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

अनुशासनहीन काम गरेको भन्दै विमल घर्तीमगर सहित ४ खेलाडी निलम्बन

काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टोलीका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई निलम्बन गरेको जनाएको छ । उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई राष्ट्रिय टोलीबाट निलम्बन हो । नेपाली टोली शनिबार भुटान जाँदैछ । कारबाहीमा परेपछि ती चार खेलाडीको स्थानमा वैकल्पिक खेलाडीलाई भुटान पठाउने एन्फाले जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम भुटानमा खेल्न बाध्य भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);