ट्रमा बिरामी को हुन् ? दुर्घटना भएपछि कसरी उद्धार गर्ने ? : डाक्टर दमन झा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रमा बिरामी को हुन् ? दुर्घटना भएपछि कसरी उद्धार गर्ने ? : डाक्टर दमन झा (भिडियोसहित)

health desk

काठमाडौं, २९ कात्तिक । ट्रमा सेन्टर प्राय सडक दुर्घटनामा परेर घाईते भएकालाई मात्र चोटपटकका बिरामी भन्ने गरेको छ । पानीमा डुबेका, आगोले पोलेका, लडेर चोटपटक लागेका, आकस्मित मानसिक विक्षिप्त भएका बिरामीहरु ट्रमा भित्र पर्दछन् । तर, हाम्रोमा अहिले शारीरिक चोटपटकको मात्र उपचार रहेको छ । मानसिक ट्रमा भएका, डुबेका र विष सेवन गरेकाहरुको ट्रमा भने अन्य अस्पतालमा जेनेरल फिजिसेनबाट नै उपचार हुँदै आएको छ । आम मानिसमा अन्य अस्पतालको विकल्पका रुपमा ट्रमा सेन्टरलाई बुझ्ने गरिन्छ । तर, ट्रमा सेन्टर नभएर पुरक अस्पताल मात्र हो । सडक दुर्घटनामा परेकाहरुलाई तत्काल उपचार गराउँदा ज्यान जोगाउन सकिन्छ भन्ने सोचाईका साथ ट्रमा सेन्टरहरुको विकास भएको हो ।

ट्रमाका बिरामी चाँडो भन्दा चाँडो आईपुगुन भन्ने हेतुले यस्ता सेन्टरका अवधारण ल्याईएको हो । केन्द्र स्थापना मात्र नभएर बिरामीहरुलाई ल्याईपुर्याउनु पर्ने विधी पनि तयार पारिएको हुन्छ जसलाई प्रे अस्पताल केयर पनि भन्ने गरिन्छ । विश्वका धेरै ठाउँमा यति समय भित्र बिरामी पुर्याउने भन्ने नियम हुने गर्दछ तर नेपालमा भर्खर मात्र यो सेवा सुरु भएको हुँदा भौगोलिक अवस्थाले नियम लागु हुने सम्भावना कम देखिएको छ र चोट लागेका बिरामी अन्य बिरामी भन्दा गम्भिर अवस्थामा बढ्दै गएका हुन् । ट्रमा सम्बन्धी थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले हाडजोर्नी विशेषज्ञ डाक्टर दमन झा संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);