हङकङमा जारी प्रदर्शन हिंसात्मक बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

हङकङमा जारी प्रदर्शन हिंसात्मक बन्दै

एजेन्सी, २५ कात्तिक । हङकङमा गत जुन महिनादेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । सरकार विरोधी प्रदर्शनका क्रममा सोमबार प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कालो पोशाक र मुखमा मास्क लगाएका एक युवकलाई प्रहरीले गोली हानेको हो । गोली लागेका प्रदर्शनकारीको अस्पताममा उपचार भइरहेको जनाइएको छ । हङकङमा गत जुन महिनादेखि जारी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको यो तेश्रो पटक हो ।

प्रदर्शनकारीहरु हङकङको शहर साई वान हो टापुमा भेला भएका बेला उनीहरुलाई नियन्त्रण लिने प्रयासमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो । सोमबार प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा सडक अवरुद्ध पारेपछि त्यहाँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

केही दिनअघि प्रहरीले प्रहार गरेको अश्रुग्याँस छल्ने क्रममा एक विद्यार्थीको लडेर मृत्यु भएपछि हङकङमा गत जुन महिनादेखि जारी प्रर्दशनका हिंसात्मक बन्दै गएको छ ।

हङकङका जेलमा रहेका ब्यक्तिलाई मुख्यभूमी चीन फर्काउन ल्याइएको सुपुर्दगी बिधेयकको बिरोधमा गत जुनदेखि हङकङवासी सडकमा ओर्लिएका हुन् । नागरिकको बिरोध जारी नै रहेपछि हङकङ सरकारले उक्त बिधेयक फिर्ता लिएपनि स्वतन्त्रताको माग गर्दै आन्दोलन जारी छ । हङकङमा आन्दोलनकै क्रममा सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);