सीमा समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा वार्ता गर्न गजुरेलको माग | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सीमा समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा वार्ता गर्न गजुरेलको माग

cp gajurel

काठमाडौं, २५ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेको छ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गर्नु भएको हो ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीस्तरमा हुने वार्ताबाट पनि समाधान नभए सो विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा पनि राख्नु भयो ।

नेता गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि देशभित्रै जनआन्दोलनको आँधिबेहरी पनि सृजना गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

वरिष्ठ नेता गजुरेलले भारतसँग सचिव स्तरमा, परराष्ट्र मन्त्री स्तरमा वार्ता गरेर सो समस्या समाधान हुने आधार नभएको पनि पटक पटक दोहो-याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);