एजेन्सी, २५ कात्तिक । बंगलादेशमा आएको बुलबुल आँधीका कारण ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । करिब १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको आँधीका कारण करीब १८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो । बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको बताए ।




