बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं मानिस प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं मानिस प्रभावित

cyclone_bulbul

एजेन्सी, २४ कात्तिक । बंगालको खाडीबाट आएको चक्रावत आँधी बुलबुलका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ ।

चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । आँधी प्रभाबित क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलहरु समेत बन्द गराइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेकी छिन् ।उनले प्रभावितहरुको उद्धार र राहतमा सरकारले कुनै कमि नगर्ने बताएकी छिन् ।

१सय २० देखि १सय ५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । त्यसै गरी उक्त आँधिका कारण बंगलादेशको मार्टिन टापुमा पनि सयौं मानिस फसेका जनाइएको छ ।

आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको भारतीय र बंगला देशका सरकारी अधिकारीहरुले बताएका छन् ।