सरकारले भारतसँग कूटनीतिक वार्ता गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सरकारले भारतसँग कूटनीतिक वार्ता गर्ने

pradip gyawali

काठमाडौं, २४ कात्तिक । सरकारले लिपुलेकलाई फिर्ता गर्न भारतसँग कूटनीतिक वार्ता गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले लिपुलेक र कालापानी फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी रुपमा कूटनीतिक वार्ता गर्ने बताउनुभयो ।

भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीसमेतलाई राखेको विषयमा सरकारले धारणा बनाउन सर्वदलीय बैठक डाकेको थियो । चार घन्टा लामो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिका साथै मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);