काठमाडौँ, २७ भदौ । नेपाल आयल निगमले जग्गा खरिद गर्दा संस्थागत रुपमा भ्रष्टाचार भएको व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित उपसमितिले ठहर गरेको छ ।
संस्थागत रुपमा भ्रष्टाचार गर्ने प्रक्रियामा आपूर्ति मन्त्रालयका सचिवदेखि नेपाल आयल निगमका अधिकारी, जिल्ला मालपोत कार्यालय र वडा कार्यालयसम्म संलग्न रहेको उपसमितिले स्थलगत अध्ययन पछि सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
पेट्रोलियम पदार्थ भण्डारण गर्न सञ्चालक समितिले स्वीकृत गरेभन्दा बढी जग्गा खरिद गरिएको छ ।