वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन वैदेशिक रोजगार ऐनः मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२७ भदौ, काठमाडौं ।सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको स्पष्ट पारेको छ ।

श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले व्यवसायीहरुले दिएको सुझावकै आधारमा वैदेशिक रोजगार ऐन संशोधनका लागि ड्राफ्ट गर्नु परेको पनि स्पष्ट पार्नु भयो । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एसेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सरोकारवालाबीच छलफलकै क्रममा रहेको ऐनको विषयलाई लिएर आपत्ति नजनाउन पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

सरकारले तयार पारेको वैदेशिक रोजगार ऐनमा १ करोड धरौटि राख्ने प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै मंगलबार वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागको कार्यालय धर्ना दिएका थिए । तर राज्य मन्त्री चांैधरीले व्यवसायीहरुसँग पुनः छलफल गरेर मात्रै सो ऐनलाई अन्तिम रुप दिइने भएकाले सो सम्बन्धमा आपत्ति नजनाउन पनि आग्रह गर्नु भयो ।

 

राज्य मन्त्री चौंधरीले सरकारले वैदेशिक रोजगार ऐनलाई संशोधन गरेर व्यवसायी र रोजगारदाताको हक, हित र अधिकारलाई सुरक्षित बनाउन लागि परेको पनि दावी गर्नु भयो । उहाँले दैनिक ५० जना भन्दा बढि सर्वसाधारण वैदेशिक रोजगार व्यवसायीहरुबाट ठगिएको गुनासो लिएर आउने गरेकाले पनि सरकारले त्यसलाई नियन्त्रण गर्नेगरी ऐन संशोधन प्रक्रिया अघि बढाउन लागिएको पनि स्मरण गराउनु भयो । उहाँले प्रस्तावित ऐनमा जिल्लामै ठगिएका रोजगारदाताहरुले न्याय पाउने व्यवस्था गर्न लागिएको पनि जानकारी दिनु भयो ।

 

राज्यमन्त्री चौंधरीले क्यानडा लगायतका मुलुकलाई रोजगारदाता गन्तव्य मुलुक बनाउन आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले सरकार स्वदेशमै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताउनु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);