गुठी संस्थान स्थापनाको ५६ वर्ष : खर्च धान्न नसक्ने स्थितिमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

गुठी संस्थान स्थापनाको ५६ वर्ष : खर्च धान्न नसक्ने स्थितिमा

guthi sansthan

काठमाडौं, १८ कात्तिक । गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ ।

संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति आएको संस्थानले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेका लाखौं रोपनी जग्गा भाडामा लगाउँदासमेत खर्च धान्नै मुस्किल परेको संस्थानको भनाइ छ ।

संस्थानका अध्यक्ष नारायण चौधरी देशका ६९ जिल्लामा संस्थानको स्वामित्वका जग्गा रहेको बताउँछन् । संस्थानको स्वामित्वमा १४ लाख ५० हजार रोपनी जग्गा रहेको उनको भनाइ छ ।

जानकारहरू संस्थानले आन्तरिक व्यवस्थापन चुस्त बनाउन नसक्दा यस्तो समस्या आएको बताउँछन् । संस्थानसँग आफ्नो स्वामित्वमा रहेका सम्पत्तिको अधावधिक लागत र सम्पत्तिको अवस्थाबारेसमेत जानकारी नरहेको देखिन्छ । अध्यक्ष चौधरीका अनुसार ६९ मध्ये ३० जिल्लाको गुठी रैतानी जग्गाको लागत मात्र संस्थानसँग अधावधिक रहेको छ । बाँकी जिल्लाको समेत लागत संकलनको काम भइरहेको उनको भनाइ छ । संस्थानले सरकार तथा विभिन्न संघसंस्थाबाट झन्डै १७ अर्ब रुपैयाँ प्राप्त हुन नसकेको जनाएको छ । जग्गा भाडामा लगाएबापत प्राप्त हुनुपर्ने १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ पाउन नसकेको संस्थानले जनाएको छ ।

संस्थानको जग्गा भाडामा लगाउने क्रममा वैज्ञानिक भाडादर कायम गर्न नसक्दा समेत आम्दानीको स्रोतमा कमी आएको विज्ञहरू बताउँछन् । संस्थानको अर्को समस्या राजनीतिक र प्रशासनिक संलग्नताबाट गुठी जग्गा अतिक्रमण हुनु हो । यो समाचार आजको राजधानी दैनिकमा  केशवप्रसाद पाण्डेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);