गुठी जग्गाको रेकर्ड चुस्तदुरुस्त राख्न मन्त्री अर्यालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

गुठी जग्गाको रेकर्ड चुस्तदुरुस्त राख्न मन्त्री अर्यालको निर्देशन

guthi jagga-padma aryal

काठमाडौं, १७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई निर्देशन दिनु भएको छ ।  गुठी संस्थानको ५६ औ बार्षिकोत्सवका अवसरमा आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न गुठी संस्थानलाई निर्देशन दिनु भएको हो ।

मन्त्री अर्यालले नेपाली जनताको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा रहेको जग्गाको रेकर्ड समेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको आलोचना पनि गर्नु भयो । उहाँले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराउनु भयो ।

मन्त्री अर्यालले गुठी संस्थान स्थापनाको ५५ वर्ष पूरा भइसक्दा समेत संस्थानले मातहतको जग्गा अतिक्रमित भइरहँदा वास्ता नगरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);