राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा आराधना | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

काठमाडौं, १६ कात्तिक । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठीमाईको पूजा आराधना गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु-याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गर्र्नु भएको थियो ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाई रहेका छन ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);