उपकुलपतिमा ७० भन्दा बढीको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन

tu-din

काठमाडौं, १६ कात्तिक । ६ विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो । शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरेको छ । विभिन्न माध्यमबाट आवेदन दर्ता भएकाले विवरण संकलन भइनसकेको मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए ।

‘कतिपय आवेदन इमेलबाट आएका छन्, कतिपय मन्त्रालय, मन्त्री, सचिव र महाशाखाको सचिवालयमा दर्ता भएका छन्,’ उनले भने, ‘संकलन गरेर रुजु गर्दै छौं ।’ ६ विश्वविद्यालयमा ७० भन्दा बढीले उपकुलपति बन्न इच्छा देखाएको मन्त्रालयले जनाएको छ । एकै जनाले ६ वटै विश्वविद्यालयको उपकुलपति बन्न आवेदनसमेत दर्ता गराएको स्रोतले बतायो । सुरुमा उपकुलपति नियुक्तिको चर्चामा रहेका कतिपय व्यक्तिले आवेदन दिएका थिएनन् । शिक्षामन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीको आग्रहमा उनीहरूले समेत अन्तिम समयमा निवेदन दिएको स्रोतले जनाएको छ ।

आवेदन दिने म्याद सकिएकाले निवदेन संकलन सुरु भएको सिफारिस समितिकी सदस्य उषा झाले जानकारी दिइन् । ‘निवेदन संकलनसँगै योग्यताको परीक्षण गरेर अघि बढ्छौं,’ उनले भनिन् । सर्च कमिटीले आवेदकका कागजातमाथि अध्ययन गरेपछि उनीहरूको सूची सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । उपकुलपति नियुक्ति गर्न सम्भावित उम्मेदवारको सूची तयार भएपछि तिनैमध्ये एकलाई नियुक्ति दिइने कमिटीले जनाएको छ । विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै सूची तयार पार्ने तयारी गरिएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);