निवर्तमान सभामुख महरालाई आज अदालत उपस्थित गराइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

निवर्तमान सभामुख महरालाई आज अदालत उपस्थित गराइँदै

mahara adalat

काठमाडौं, १४ कात्तिक । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महराको आजबाट थुनछेक बहस सुरू हुने छ ।

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि महरालाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुने प्रहरीले जनाएको छ । थुनछेक बहसको वकालतनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने बताईको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद बुधबार सकिएको हुनाले बिहीबार अदालत उपस्थित गराउन लागिएको हो । आफ्नै कार्यालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभामुख महराको तेस्रो पटकको म्याद सकिएकोले अदालतमा उपस्थित गराउन लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);