काराबाओ कप : लिभरपुलद्वारा आर्सनल पेनाल्टी सुट आउटमा पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

काराबाओ कप : लिभरपुलद्वारा आर्सनल पेनाल्टी सुट आउटमा पराजित

liverpool-arsenal

एजेन्सी, १४ कात्तिक । लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५—४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

प्रिमियर लिगको पहिलो स्थानमा रहेको लिभरपुरको मैदानमा भएको रोमान्चक खेलमा निर्धारित समय ५—५ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो । यसअघि नै म्यान्चेस्टर सिटी पनि काराबाओ कप फुटबलको क्वाटरफाइनलमा पुगिसकेको छ । साउथह्याम्टनलाई ३—१ बाट हराएर म्यान्चेस्टर सिटी क्वार्टर फाइनलमा पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);