परिवर्तनकारी शक्तिहरु अप्ठयारोमा पर्न सक्ने पूर्वराजाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

परिवर्तनकारी शक्तिहरु अप्ठयारोमा पर्न सक्ने पूर्वराजाको चेतावनी

Gyanendra-shah

काठमाडौं, १२ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने बताउनु भएको छ ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने बताउनु भएको हो ।

मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हालबाट टीका र प्रसाद ग्रहण गरेपछि उहाँले संचारकर्मीमाझ परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने पनि स्पष्ट पार्नु भयो ।

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाई थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठयारो पर्न सक्छ ।’

पूर्व राजा शाहले त्यस अवसरमा आज भाईटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गर्नु भयो ।

पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उहाँले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको पनि बताउनु भयो । ‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);