काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार चन्द्रागिरि नगरपालिका वडा नं १५ मा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले युग सुहाउँदो शिक्षा नीति चाहिने भन्दै वर्तमान नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको हो ।
सरकारले सबै वर्ग क्षेत्रको समान विकाश गर्न शिक्षा नीतिमा परिवर्तन र लगानी बढाउन आवश्यक रहेको उहाँले बताउनु भयो । शिक्षाको विकाशमा सरकारको लगानी बढाउदै लैजानु पर्ने आवश्यकता वर्तमान सरकारले महसुस गरेको पनि उहाँले बताउनु भयो ।
देशको समृद्धि र बिकाशको अभियानलाई शिक्षामा गरिने लगानीलाई वृद्धि नगरी सम्भव नहुने उहाँले बताउनु बताउनु भयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १५ ले एसइइ परिक्षामा उत्कृष्ट अंक सहित पास हुने बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।