सरकारले लोकतन्त्र माथि निरन्तर आक्रमण गरिरहेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

सरकारले लोकतन्त्र माथि निरन्तर आक्रमण गरिरहेको देउवाको आरोप

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्र माथि निरन्तर आक्रमण गरिरहेको बताउनु भएको छ ।

शनिवार काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गर्नु भयो ।

सरकारले लोकतन्त्रमाथी आक्रमण गर्न एक पछि अर्को बिधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि देउवाको आरोप छ ।

सभापति देउवाले प्रजातन्त्रको रक्षाको लागि सबै कांग्रेसजन सचेत भएर लड्नु पर्ने बेला आएको पनि बताउनु भयो । कार्यक्रममा पाँचथर घर भइ काठमाडौँ आएर बसोबास गर्ने कलाकारहरुले गायन नृत्यकला प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);