नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल

nekapa

काठमाडौं, ९ कात्तिक । विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको।

नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते। एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन्। सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्छन् खतिवडा।

सत्तासीन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन्। सत्तासीन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एकजनाबाहेक सबै मन्त्री बनिसके। तर पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन्। गुट र नेता निकटका भने समानुपातिक कोटामा सांसद बनेर पनि छोटै अवधिमा मन्त्री बनिसके। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दलहरूबीच जातीय आधारमा प्रदेश बनाउने कि बनाउने भन्नेमा तीव्र विवाद थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);