बेथिति र उल्झनको चपेटामा स्वास्थ्य मन्त्रालय : अधिकांश कार्ययोजना कार्यान्वनयमा छैनन् | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८१, मंगलबार

बेथिति र उल्झनको चपेटामा स्वास्थ्य मन्त्रालय : अधिकांश कार्ययोजना कार्यान्वनयमा छैनन्

health ministry

काठमाडौं, ७ कात्तिक । मुलुकको समग्र स्वास्थ्य क्षेत्रको नीति तर्जुमादेखि कार्यान्वयन गर्नेसम्मको जिम्मेवारी पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथिति नै बेथितीको चाङले थला परेको छ । मन्त्रालय नै बेथितिको सिकार हुन पुगेपछि नागरिकको स्वास्थ्य अवस्था कसरी राम्रो हुन सक्ला भन्ने प्रश्नसमेत उठेको छ ।

सरकारको कार्यविभाजन नियमावलीअनुसार स्वास्थ्य तथा जनसंख्यासम्बन्धी ३५ वटा महŒवपूर्ण जिम्मेवारी सम्हाल्ने दायित्व लिएको मन्त्रालयले अधिकांश जिम्मेवारीलाई बेवास्ता गरेको देखिएको छ । राजधानीले गरेको निगरानीमा स्वास्थ्य मन्त्रालय कार्यसम्पादनमा कमजोर देखिएको छ । कार्यविभाजनअनुसारको जिम्मेवारीलाई समेत पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय चुक्दै आएको छ । राजधानीले मन्त्रालय मातहत रहेका ३५ वटा जिम्मेवारीको सूक्ष्म अध्ययन गरेको छ । अध्ययनका क्रममा मन्त्रालयको नतिजा निराशजनक रहेको पाइएको छ । यसैक्रममा राजधानीले बुधबार स्वास्थ्य मन्त्रालयमै पुगेर दिनभर मन्त्रालयको सूक्ष्म निगरानी गरेको छ ।

मन्त्री, राज्यमन्त्री र सचिव कार्यक्रममा व्यस्त, सेवाग्राही कुर्दै

समायोजनसम्बन्धी समस्या र गुनासो लिएर स्वास्थ्यका कर्मचारीहरू मन्त्रालय बाहिर पर्खिरहेका थिए । उनीहरूको समस्या र गुनासो सुनुवाइ गर्नुको सट्टा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहित मन्त्रालयका उच्चपदस्थ पदाधिकारी मन्त्रालयभित्रको हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त थिए । गुनासा र समस्याको सुनुवाइलाई लिएर उनीहरू मन्त्री र मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई भेट्न घण्टौं पर्खिरहेका थिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);