काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले समाचारहरुमा आए जस्तो भारतीय नागरिकता नभएको बताउनु भएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सांसद कँडेलले भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गर्नु भएको हो । पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिनु भयो ।
नेता कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा नेता कँडेलले आफु सँग भारत सरकारले जारि गरेको सवारी चालक अनुमतिपत्र रहेको बताउनु भएको छ । अहिले भएको सवारी चालक अनुमति पत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पार्नु भयो ।
नेता कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताउनु भयो ।