काठमाडौं, ६ कात्तिक । यही कार्तिक १८ गते नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन ।
४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।
नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ । उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि उक्त सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ ।